२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

देशका हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • बुधबार, मंसिर ३ २०८२
  • 3.7K
    SHARES

  • images
    देशका हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । दिउँसो हिमपात हुने स्थानमा पनि राति भने मौसम सफा रहनेछ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको विभागले जानकारी दिएको छ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend