२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सोमानी सेरामिक्समा पारस खड्का ब्रान्ड एम्बेसडर


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 5.1K
    SHARES

  • images
    सोमानी सेरामिक्समा पारस खड्का ब्रान्ड एम्बेसडर

    काठमाडौं । टायल्स तथा बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल र दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।  

    यो साझेदारीले नेपाली उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने र बजारमा कम्पनीको अग्रणी स्थानलाई अझ सुदृढ गर्ने लक्ष्य राखेको छ।  

    पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड फेसका रूपमा रहनेछन् र टायल्स, बाथवेयर, एडेसिभ, वाटरप्रुफिङलगायत सम्पूर्ण उत्पादनको प्रवर्धनका विभिन्न कार्यक्रममा सहभागी हुने कम्पनीले जनाएको छ।  

    सहकार्यबारे बोल्दै  

    सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारसलाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। “उहाँको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता तथा नेतृत्वको सिद्धान्तलाई प्रतिबिम्बित गर्छ। नेपाल हाम्रो सबैभन्दा मूल्यवान बजारमध्ये एक हो। पारसको विश्वसनीयता र जनसम्बन्धले हाम्रो गुणस्तर, डिजाइन तथा विश्वासको सन्देशलाई थप बलियो बनाउनेछ। यो साझेदारी केवल सहकार्य मात्र होइन, अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको संयोजन हो, जसले सुन्दर भविष्य निर्माणको प्रेरणा दिनेछ।”  

    सोमानीका मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारसलाई नेपालमा घर–घरमा चिनिएको चर्चित अलराउन्डर बताए। “उनी खेलमैदानमा उत्कृष्टता र नेतृत्वका लागि मात्र होइन, इमानदारी र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय छन्,” उनले भने, “युवादेखि परिवारसम्मको लोकप्रियताले उहाँ सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रतिनिधित्व गर्न उत्तम व्यक्तित्व हुनुहुन्छ।”  

    पारस खड्काको प्रतिक्रिया  

    पारसले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै जीवनका मूल्यमान्यता—उत्कृष्टता र गुणस्तरका लागि निरन्तर प्रयास—झल्काउने ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। सोमानी घर सजावट क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको पर्याय रहेको तथा व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको उनले उल्लेख गरे।  

    कार्यक्रममा कम्पनीले आगामी दिनमा पारसलाई विभिन्न ब्रान्ड प्रवर्धन गतिविधिमा प्रस्तुत गर्ने जनाएको छ।  

    सोमानी सेरामिक्सबारे  

    सोमानी सेरामिक्स लिमिटेड भारतको सिरामिक उद्योगका अग्रणी कम्पनीमध्ये एक हो र विश्वका शीर्ष १५ निर्मातामा पर्छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ, जसका लागि भारतभरका दुई आफ्नै प्लान्ट र सात साझेदार कम्पनीसँग मिलेर उत्पादन गरिन्छ। सेनिटरीवेयर, बाथ फिटिङ्स तथा एडेसिभका लागि छुट्टै उत्पादन इकाइ सञ्चालनमा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend