२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राजस्व बक्यौता उठाउन ‘एसएमएस’, साढे ५ हजारको बक्यौता बाँकी


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 2.8K
    SHARES

  • राजस्व बक्यौता उठाउन ‘एसएमएस’, साढे ५ हजारको बक्यौता बाँकी
    काठमाडौं। आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ। उनीहरूबाट १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व संकलन हुन बाँकी रहेको हो।

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ।

    उनले भने,“बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ। ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ।” कर संकलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, संकलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए। बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन्।
     
    यस कार्यालयले असोज मसान्तसम्म ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ। राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए। उनका अनुसार विभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ। यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend