२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसङ नेपालले ल्यायो ग्यालेक्सी Buds3 FE, यस्तो छ बजार मूल्य


सञ्चार डबली
  • सोमबार, कात्तिक २४ २०८२
  • 5.0K
    SHARES

  • images
    सामसङ नेपालले ल्यायो ग्यालेक्सी Buds3 FE, यस्तो छ बजार मूल्य

    काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी  Buds3 FE बजारमा ल्याएको छ । एक आकर्षक र बुद्धिमानी ट्रू–वायरलेस इयरबड्स, जसले फ्ल्यागशिपस्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको विश्वास छ ।

    नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहित,  Buds3 FE ले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ। यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

    ग्यालेक्सी Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरूसमेत समावेश गरि इन्जिनियर गरिएको छ। ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC), र क्रिस्टल क्लियर कल टेक्नोलोजी जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ । त्यस्तै यो इयरबडले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित गर्ने गरेको छ ।

    ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका  Buds3 FE ले Auto Switch समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend