२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन


सञ्चार डबली
  • शनिबार, कात्तिक २२ २०८२
  • 6.5K
    SHARES

  • गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन

    जुम्ला। जिल्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख राजस्व संकलन गरेको छ।

    गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा १ बाट ८२ हजार, वडा २ बाट एक लाख, वडा नं ३ बाट एक लाख ५३ हजार, वडा नं ४ बाट दुई लाख ६८ हजार र वडा नं ५ बाट दुई लाख ५८ हजार ५३१ राजस्व संकलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए। 

    त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ। गुठीचौर पर्यटन प्रबर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट आठ लाख ४४ हजार राजस्व संकलन भएको छ।

    यसबाहेक, डोजर सञ्चालनबाट पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट ८१ हजार र पशु शाखाबाट सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ। 

    चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले नौ लाख ९७ हजार राजस्व संकलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend