२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसङको नयाँ फोन एम १७ नेपालमा, मूल्य २५ हजार ९९९ बाट सुरू


सञ्चार डबली
  • बिहीबार , कात्तिक २० २०८२
  • 5.6K
    SHARES

  • images
    सामसङको नयाँ फोन एम १७ नेपालमा, मूल्य २५ हजार ९९९ बाट सुरू

     

     काठमाडौं । सामसङले नेपालमा आफ्नो एम सिरिजको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एम१७ फाइभजी’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई ‘नो-शेक क्यामेरा’ अर्थात् ओआईएस प्रविधिसहित बजारमा ल्याएको छ, जुन यो मूल्य समूहमा पहिलो पटक उपलब्ध भएको हो। यो प्रविधिले गर्दा हिँड्दा वा हात हल्लिएको अवस्थामा पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सकिन्छ।

    यसका साथै, फोनमा ‘सर्कल टु सर्च’ जस्ता एआई फिचर पनि समावेश छन्, जसको मद्दतले स्क्रिनमा कुनै पनि वस्तुलाई गोलो घेरा लगाएर त्यसको बारेमा तुरुन्तै जानकारी खोज्न सकिन्छ।

    फोनमा ६.७ इन्चको ठूलो सुपर एमोलेड डिस्प्ले रहेको छ, जसलाई कोरनिङ गोरिल्ला ग्लास भिक्टसले सुरक्षित बनाएको छ। साथै, धूलो र पानीबाट बचाउनका लागि यसमा आईपी५४ रेटिङ पनि दिइएको छ।

    कम्पनीले यो फोनलाई दुई भेरियन्टमा बजारमा ल्याएको छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेलको मूल्य २५ हजार ९९९ रुपैयाँ छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेलको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन देशभरका सामसङका आधिकारिक स्टोर तथा अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend