२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम, आधिकारिक वितरक जगदम्बा मोबाइल्स


सञ्चार डबली
  • बुधबार, कात्तिक १९ २०८२
  • 4.8K
    SHARES

  • images
    सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ सोरुम, आधिकारिक वितरक जगदम्बा मोबाइल्स

    काठमाडौँ । विश्व प्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारीले कमलपोखरीस्थित सिटी सेन्टरमा आफ्नो पहिलो एक्सक्लुसिभ शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक शंकर ग्रुप अन्तर्गत जगदम्बा मोबाइल्स रहेको छ  ।

    ३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो नयाँ शोरूमले नेपाली यात्रुहरुलाई नयाँ डिजाइन र यात्रामा सहज हुने किसिमका लगेज र ब्याकप्याकहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मजबुत बनावट, आकर्षक रङहरु, र बहुउपयोगीताका लागि परिचित सफारीले आधुनिक यात्रुहरूका लागि स्टाइलिश र भरपर्दो हार्ड र सफ्ट लगेज, ब्याकप्याक, र ट्राभल एक्सेसरीहरूको सिरिजहरु उपलब्ध गराएको हो।

    शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने, “काठमाडौँमा हाम्रो पहिलो एक्सक्लुसिभ सोरुम सुरु गर्न पाउँदा खुशी लागेको छ। हामी स्टाइलिस, आरामदायी र टिकाउ लगेज तथा ब्याकप्याक मार्फत प्रत्येक यात्रुको विश्वासिलो साथी बन्न प्रतिबद्ध छौँ।”

    त्यस्तै, जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारीको सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले भने, “काठमाडौँमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गर्नु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो। गुणस्तर र नवीनतामा केन्द्रित रहँदै, सफारी प्रत्येक यात्रुको आवश्यकतालाई सम्बोधन गर्न प्रतिबद्ध छ।”

    सोरुम उद्घाटनको अवसरमा ग्राहकहरूले सीमित समयका लागि ४० प्रतिशत विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

    काठमाडौँ सिटी सेन्टरमा सफारीको सोरुमले टिकाउपन, डिजाइन र मूल्यमा आधारित लगेजमार्फत यात्रुहरूलाई सशक्त बनाउने ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend