२०८३, कात्तिक १० गते

images
Logo

Oct 27 2026 | २०८३, कात्तिक १० गते

images
  • मंगलबार, कात्तिक १० २०८३

आज १२.१७ अंकले बढ्यो सेयर बजार, कति भयो कारोबार ?


सञ्चार डबली
  • बुधबार, कात्तिक १९ २०८२
  • 7.6K
    SHARES

  • आज १२.१७ अंकले बढ्यो सेयर बजार, कति भयो कारोबार ?

     काठमाडौं ।  बुधबार सेयर बजार १२.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ । कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।

    १४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो । बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे ।

    होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घट्यो । दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । अभियान लघुवित्तको ४.६७, विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशत घट्यो ।आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend