२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

डिशहोम र ‘डल्ले’ बीच नयाँ सम्झौता, भर्चुअल प्रिभिलेज कार्ड मार्फत डल्लेका आउटलेटमा विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १४ २०८२
  • 4.5K
    SHARES

  • images
    डिशहोम र ‘डल्ले’ बीच नयाँ सम्झौता,  भर्चुअल प्रिभिलेज कार्ड मार्फत डल्लेका आउटलेटमा विशेष छुट

    काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

    यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

    विशेष सुविधा:

    यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन् ।

    • डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट

    यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

    भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका: 

    • माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्ने।
    • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्ने।
    • होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्ने।
    • डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्ने।

    यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन,डिशहोमका डपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    ‘डल्ले’ : नेपाली स्वादको आधुनिक व्याख्या 

    ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।

    डिशहोमको जीवनशैली सेवातर्फको यात्रा:

    यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend