२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल टेलिकमद्धारा विमानस्थलहरुमा सर्वसाधारणका लागि फ्री वाइफाइ सञ्चालनमा


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 6.7K
    SHARES

  • images
    नेपाल टेलिकमद्धारा विमानस्थलहरुमा सर्वसाधारणका लागि फ्री वाइफाइ सञ्चालनमा
    काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित Free Wi-Fi इन्टरनेट सेवा मिति २०८२ कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको छ ।  
     
    नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको थियो । उक्त Free Wi-Fi इन्टरनेट सेवाको Coverage विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
     
    देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित Free इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो । 
     
    सेवाको ऋयखभचबनभ रहेको स्थानमा SSID "NT-CAAN Free WiFi" भएको Wi-Fi मा Connect गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend