२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन


सञ्चार डबली
  • बिहीबार , असोज ३० २०८२
  • 5.8K
    SHARES

  • images
    नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package  सञ्चालन

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक महानुभावहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package  सञ्चालन गरेको छ ।

    असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुनस् प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो। 

    साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतस् सोही प्याकेज Renew हुने व्यवस्था लागु गरिएको छ।

    अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् । 

    ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमा वा साबिकका Normal SMS र Data प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र ब्अतष्खभ हुनेछ ।

    अन्य Normal प्याकेज लिएको हकमा भने Validity कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा deactivate गर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300) subscribe गरी Recurring सेवा बन्द गर्न सक्नेछन् ।

    Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्नुहुन अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend