२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मूल्य वृद्धि निरन्तर ओरालो, सस्तिँदै उपभोग्य वस्तु


सञ्चार डबली
  • मंगलबार, असोज २८ २०८२
  • 4.9K
    SHARES

  • मूल्य वृद्धि निरन्तर ओरालो, सस्तिँदै उपभोग्य वस्तु

    काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशतमा झारेको छ। औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.३८ प्रतिशत कम हो। गत वर्ष औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो।

    अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा २.२ प्रतिशत र अघिल्लो आवमा ३.४७ प्रतिशत थियो। यस्तै, खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आर्थिक वर्ष २०८०/८१ मा ४.०४ रहेकोमा आव ०८१/८२ मा ऋणत्मक देखिएर १.१९ रहेको छ। गैरखाद्य तथा सेवा क्षेत्र मुद्रास्फीति आर्थिक वर्ष २०८०/८१ मा ३.२६ प्रतिशत रहेकोमा आव ०८१/८२ मा ४.१२ प्रतिशत छ।

    यस्तै, अर्थ मन्त्रालयको सो रिपोर्टमा थोक मुद्रास्फीति असार महिनासम्ममा गत आवमा १.०५ प्रतिशत रहेकोमा अघिल्लो आवमा ४.४१ प्रतिशत थियो। यस्तै, औसत थोक मुद्रास्फीति १२ महिनाको अघिल्लो आवमा ३.८४ प्रतिशत र गत आवमा ३.९२ प्रतिशतर रहेको अर्थ मन्त्रालयले जनाएको छ।

    यस्तै, तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर गत वर्ष २.६३ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष ३.५६ प्रतिशत रहेको थियो। औसत तलब तथा ज्यालदार सूचकांक वृद्धिदर १२ महिनामा अर्थिक वर्ष २०८०/८१ मा २.८५ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा ५.०३ प्रतिशत रहेको उल्लेख छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend