२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' गीत सार्वजनिक-तिहारको रौनक पुनः उज्यालो पार्ने प्रयास


सञ्चार डबली
  • सोमबार, असोज २७ २०८२
  • 6.6K
    SHARES

  • images
    निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' गीत सार्वजनिक-तिहारको रौनक पुनः उज्यालो पार्ने प्रयास

    काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा देउसी-भैलोका गीत गुञ्जिन थालेका छन्। यसै उत्सवमय माहोलबीच गीतकार निर्मलराज पौडेलको नयाँ तिहार गीत 'झिलिमिली तिहारलाई' सार्वजनिक गरिएको छ।

    गीतमा पौडेलसँगै गायिका समान्ता थापा, निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन्। मोहित मुनालले संगीत संयोजन गरेका यस गीतको म्यूजिक भिडियो वेलकम एभी प्रोडक्सनले तयार पारेको हो भने मनिष पौडेलले निर्देशन गरेका हुन्।

    गीत सार्वजनिक गर्दै गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्षअघि सम्म तिहारको रौनक र खुशियाली फरक हुन्थ्यो, अहिले त्यो वातावरण हराउँदै गएको महसुस हुन्छ। त्यसैले पुराना संस्कार र तिहारको मौलिकता नयाँ पुस्ताले पनि बुझून् भन्ने उद्देश्यले यो गीत तयार पारेको हुँ।”

    गीतमा यमपञ्चकका पाँचै दिन - काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई–गोरु पूजा र भाइ पूजाका दृश्य तथा सांस्कृतिक कर्मलाई कलात्मक रूपमा समेटिएको छ। साथै, नेपालीहरूले तिहार मनाउने शैली, सामाजिक सम्बन्ध, आर्थिक पक्ष र पारिवारिक भावनालाई पनि गीतले उजागर गरेको छ।

    यसअघि पनि पौडेलले दशैं गीत सार्वजनिक गरेर राम्रो प्रतिक्रिया पाएका थिए। अहिलेको “झिलिमिली तिहार लाई” गीतले तिहारको मौलिकता र उत्सवको उज्यालो वातावरणलाई पुनः जिवन्त पार्ने उद्देश्य बोकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend