२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


सञ्चार डबली
  • बुधबार, असोज २२ २०८२
  • 6.7K
    SHARES

  • images
    आजको मौसम : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । आंशिक बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

    कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    विभागले राति कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । 

    कोसी र मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव छ । बाँकी भूभागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend