२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 5.9K
    SHARES

  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो ।

    जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

    आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend