२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

आजको मौसमः कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • मंगलबार, असोज ७ २०८२
  • 6.4K
    SHARES

  • images
    आजको मौसमः कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वर्षा हुने अधिकांश स्थानमा भने मध्यम वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend