२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मनाङका दुर्गम बस्तीमा नेपाल टेलिकमको नयाँ बीटीएस, मोबाइल सेवा विस्तार


सञ्चार डबली
  • आइतबार, असोज ५ २०८२
  • 4.8K
    SHARES

  • images
    मनाङका दुर्गम बस्तीमा नेपाल टेलिकमको नयाँ बीटीएस, मोबाइल सेवा विस्तार

    काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला मनाङका भौगोलिक र भू-धरातलीय रूपमा अत्यन्तै दुर्गम क्षेत्रहरूमा नयाँ बीटीएस टावर स्थापना गरी मोबाइल सेवा सञ्चालन र केही स्थानमा सेवा गुणस्तर सुधार गरेको छ।

    चौरजहारी गाउँपालिकाको वडा नं. १ पिसाङ, वडा नं. ३ हुम्ले, वडा नं. ८ टंकी मनाङ र वडा नं. ९ खाङसारमा पहिले V-SAT प्रविधिमार्फत २जी सेवा सञ्चालन हुँदै आएको थियो। यी क्षेत्र पर्यटकीय र स्थानीय व्यवसायको हिसाबले महत्वपूर्ण भए पनि V-SAT प्रविधिले गुणस्तरीय सेवा प्रदान गर्न कठिनाइ भएपछि, ग्राहकको मागलाई ध्यानमा राखी टेलिकमले आश्विन ४ गतेदेखि यी स्थानमा ४जी सेवा सञ्चालन गरेको छ।

    भौगोलिक जटिलताका कारण रेडियो लिंकबाट सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर-खाङसार ADSS लिंक सञ्चालन भएपछि ४जी सेवा सम्भव भएको हो। साथै, तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा ४जी सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ।

    चामे गाउँपालिका-३ को कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज कमजोर भएको गुनासोलाई सम्बोधन गर्दै स्थानीय र हाइड्रोपावर क्षेत्रका सयौं ग्राहकको मागलाई ध्यानमा राखी नयाँ बीटीएस टावर स्थापना गरी आश्विन १ गतेदेखि २जी र ४जी सेवा सञ्चालनमा ल्याइएको छ।

    यसैगरी, नासोङ गाउँपालिका वडा नं. १ तालगाउँमा पहिले २जी र ३जी सेवा सञ्चालनमा रहेकोमा आश्विन ५ गतेदेखि ४जी सेवा थपिएको छ। यो बीटीएसले लमजुङको उत्तरी च्याम्चे क्षेत्रलाई पनि कभरेज गर्नेछ।

    मनाङका धेरैजसो स्थानमा सेवा स्तरोन्नति र नयाँ सेवा सञ्चालन भएसँगै नार्पाभूमी गाउँपालिका बाहेक सबै पालिकामा नेपाल टेलिकमको ४जी सेवा पुगेको छ। नार्पाभूमीको नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने V-SAT प्रणालीमार्फत सेवा सञ्चालन भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend