२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रेसिङ अटोमोबाइल्सद्वारा विश्वसनीयताका लागि ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण सुरु


सञ्चार डबली
  • बिहीबार , असोज २ २०८२
  • 18.5K
    SHARES

  • images
    रेसिङ अटोमोबाइल्सद्वारा विश्वसनीयताका लागि ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण सुरु

    काठमाडौं । काठमाडौंको कलङ्की खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण सुरू गरेको छ।

    यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक गरेको हो।

    सो समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै नयाँ स्किमको थालनी गरेका हुन्। सो अवसरमा ढुंगेलले यस प्रकारको प्रमाणपत्र वितरणको उद्देश्य ग्राहकहरूलाई पुराना गाडीहरूको बारेमा रहेको अविश्वास र शुका उपशुकाहरूको निराकरण गर्नु रहेको बताए।

    ढुंगेलले भने, ‘हामीले बिक्री गरेको गाडी आजका मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र प्रदान गर्दा भविष्यमा यदि उक्त गाडीको यसअघी नै दुर्घटना भएको प्रमाणित भएमा हामी सो गाडीलाई खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी पनि दिनेछौं।’ यस पहलले रिकन्डीसन गाडीको व्यापारमा भइरहेको अविश्वास र धोकाधडीको समस्या समाधान गर्ने विश्वास राखिएको छ।

    कार्यक्रममा अटोमोबाइल्सका व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटना रहित प्रमाणपत्र वितरणको उद्देश्य बारे प्रकाश पारेका थिए। रेसिङ्ग अटोमोबाइल्सले जिम्मेवार, पारदर्शी र स्वच्छ व्यापारलाई केन्द्रमा राखेर विगतदेखि नै यसप्रकारका विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएकोमा दुर्घटनारहित प्रमाणपत्र वितरण गरेर थप जिम्मेवारी आफ्नो काममा लिएको उनले बताए। पहिलो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआइजी लक्ष्मण गुरुङले यसप्रकारको जिम्मेवारीपूर्ण व्यापार रेसिङले थालनी गरेकोमा खुसी प्रकट गर्दै आफूले पुरानो गाडी खरिद गर्दा पनि एउटा निश्चिन्तता प्राप्त गरेकोमा धन्य भएको बताए।

    कार्यक्रममा बोल्दै सलीको इन्सुरेन्सका नयाँबजार शाखा प्रबन्धक शम्भु बस्य्यौलाले गाडी खरिद गर्दाका मितिसम्मको जिम्मा रेसिङले बोकेझैँ त्यसपछिका दुर्घटनाका हरेक जिम्मेवारी आफूहरुले बोक्ने जानकारी दिए।

    सो अवसरमा, रेसिङ अटोमोबाइल्सका मेकानिकल इन्जिनियर घनश्याम रजकले भने, ‘हामी गाडी खरिद गर्दा प्रत्येक गाडीको स्थिति ध्यानपूर्वक मूल्याङ्कन गर्छौं र हामीले गाडीको कन्डिसनमा विश्वास राखेर मात्रै यस प्रकारको प्रमाणपत्र वितरण गर्ने हिम्मत गरेका छौं।’

    सो समारोहमा सहभागी बनेका बैंक र बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको व्यापारिक दृष्टिकोण र पारदर्शिता सम्बन्धी सकारात्मक टिप्पणी गरेका थिए।

    समारोहको अर्को आकर्षण भनेको रेसिङ अटोमोबाइल्सको नयाँ ‘प्रमोसनल जिङ्गल’ को सार्वजनिककरण थियो। यस जिङ्गलमार्फत रेसिङले आफ्नो ब्रान्डको पहिचान र पुराना गाडीहरूको व्यापारमा विश्वसनीयता र भरोसा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

    सरकारले आजको दिनलाई राष्ट्रिय शोकको दिनका रूपमा सार्वजनिक विदा दिइएको भए पनि रेसिङ अटोमोबाइल्सले आफ्नो पूर्वनिर्धारित कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको बताएको छ ।

    विश्वकर्मा पूजाको अवसरमा यन्त्र, मिसिनरी र सवारी साधनको पूजा गर्ने परंपरा भएको कारण समारोहको आयोजना गरिएको ढुंगेलले जानकारी दिए। ढुंगेलले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘यो घडीमा हामीलाई कार्यक्रम आयोजना गर्न असहज भएको भए पनि, यहाँहरूको उपस्थितिको लागि हामी आभारी छौँ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend