२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सोल्टी होटल्स एण्ड रिसोट्र्सले बिरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै


सञ्चार डबली
  • शुक्रबार, भदौ २० २०८२
  • 6.5K
    SHARES

  • images
    सोल्टी होटल्स एण्ड रिसोट्र्सले बिरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै

    बिरगञ्ज–नेपालको सोल्टी होटल्स एण्ड रिसोट्र्सले आफ्नो समकालीन ‘वेस्टेण्ड’ ब्राण्ड अन्तर्गत नेपालको मधेश प्रदेशमा सोल्टी वेस्टेण्ड रिसोर्ट बिरगञ्ज ब्राण्डमा नयाँ होटल व्यावस्थापन तथा सञ्चालन गर्दै आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ । सोल्टीबाट व्यावस्थापन गरिने नयाँ होटेल सोल्टी वेस्टेण्ड रिसोर्ट बिरगञ्ज हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहने भएको हो ।

    हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको यो होटल बिरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक बाहुअरी बिरगञ्जमा अवस्थित छ । राष्ट्रिय राजमार्ग सँगै जोडिएको र बिरगञ्ज अन्तर्राष्ट्रिय सिमा नाकाको परिधि क्षेत्रसम्म सजिलै पुग्न सकिने रणनीतिक अवस्थाले यो भौगोलिक क्षेत्र स्वदेशी तथा विदेशी दुवै पर्यटक, व्यवसायिक पाहुना तथा बिदा मनाउन आउने अतिथि यात्रुहरूको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

    सोल्टी वेस्टेण्ड रिसोर्ट बिरगञ्ज मंसिर–पुस (डिसेम्बर २०२५) २०८२ देखि व्यावस्थापन तथा सञ्चालनमा आउने तयारीमा छ । सोल्टी वेस्टण्ड रिसोर्ट बिरगञ्जले शहरको पर्यटकीय तथा कर्पोरेट पाहुनाहरुमा आधुनिक आतिथ्यता सेवामा नयाँ आयाम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

    हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको यस होटेलमा अतिथि पाहुना कोठाहरूको आधुनिक शैली र आधुनिकतम पर्यटकीय सुविधाहरुको उत्कृष्ट संयोजनलाई ध्यानमा राख्दै आधुनिक तथा उत्तम सन्तुलित ढंगले डिजाइन गरिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend