२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इन्डेक्स एक्सचेन्ज यूएईले ल्यायो दशै-तिहार विशेष योजना:  जित्नुहोस् १० लाख रुपैयाँ


सञ्चार डबली
  • शुक्रबार, भदौ २० २०८२
  • 6.5K
    SHARES

  • images
    इन्डेक्स एक्सचेन्ज यूएईले ल्यायो दशै-तिहार विशेष योजना:  जित्नुहोस् १० लाख रुपैयाँ

    काठमाडौं । इन्डेक्स एक्सचेन्ज यूएईले नेपालमा पैसा पठाउँदा विशेष उपहार योजना लिएर आएको छ । हरेक वर्षहरुमा झै यो वर्षपनि इन्डेक्स एक्सचेन्ज यूएईले  ‘विन अ मिलियन’ चौथो संस्करण अन्तरर्गत नेपालीहरुको महान पर्व बडादशै र तिहारको अवसरमा विशेष उपहार योजना ल्याएको हो ।

    जस अन्तर्गत नेपालमा रहेका आफन्त एवंम परिवारहरुलाई यूएई भरका इन्डेक्स एक्सचेन्जको आफ्ना जुनसुकै शाखाबाट पैसा पठाउँदा लक्की ड्र मार्फत १० लाख नेपाली रुपैयाँ उपहार साथै नयाँ SUV कार जित्ने अवसर प्राप्त गर्ने छन् , भने नेपाल जाने हवाई टिकटहरु पनि जित्ने सुनौलो अवसर ल्याएको छ । यसपालीको दशैँ–तिहारलाई अझै विशेष बनाउने उदेश्यसहित कम्पनीले यो अभियान आगामी अगस्ट ३१  तारिख २०२५ सम्म मान्य रहने गरि थालेको हो।

    यूएईमा रहेका हजारौं नेपाली कामदारहरूले दशैँ र तिहार प्रायः घरदेखि टाढै मनाउनुपर्ने बाध्यता, पर्वहरूमा परिवारजनहरुसँग खुसी, भेटघाट र सपनाहरू पूरा गर्ने क्षणमा आफ्ना ग्राहकहरूलाई घरको मायाँ दिलाउने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम ‘विन अ मिलियन’ ल्याएको हो ।

    इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम मार्फत नयाँनयाँ योजनाहरू ल्याउने गरेको छ । एक्सचेन्जले यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। जसले श्रमिकहरूको जीवनमा थप खुसी र आशा भर्ने काम गरेको छ। केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । रमदानको अवसर पारेर  शान ए रमदानको चौथो संस्करणमार्फत गत वर्ष  ‘यस बार, बुल्डोजरको वार’ नारासहित कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको थियो । उक्त योजनाबाट धेरै नेपाली श्रमिकहरूले लाभ उठाएका थिए । ‘विन अ मिलियन’ तेस्रो संस्करण अभियानमार्फत सयौं नेपाली कामदारहरूले लाखौं रुपैयाँ नगद र मूल्यवान पुरस्कार जितेका उदारहणहरु प्रसस्तै छन्।

    कम्पनीले यूएईमा रहेका श्रमिकहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उदेशयले भाग्यशाली विजेतालाई   “Jalwa Fashion Ramp”  मा Wild Card Entry प्राप्त गर्ने अवसर पनि प्रदान गरेको छ । जस अन्तर्गत गत ३१ अगस्ट २०२५ मा एक्सचेन्जले दुबईको सोनापुरस्थित श्रमिक आवास क्षेत्रमा  ‘जलवा’ फेसन प्रतियोगितासहित उद्घाटन कार्यक्रम आयोजना गरेको थियो । जहाँ नेपालीसँगसँगै भारतीय समुदायलाई पनि समावेश गरिएको थियो । प्रतियोगितामा नेपालका एम।डी बोहरा विजेता बनेका थिए भने भारतकी लिली फष्ट रनर(अप घोषित भएकी थिईन् । कार्यक्रममा यूएईमा कार्यरत हजारौं श्रमिकहरूले सहभागिता जनाएका थिए ।

    एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयद अब्दुल सलाम भन्छन्, “हाम्रा नेपाली ग्राहकहरू हाम्रा लागि सधैं प्राथमिकतामा रहन्छन्।  ‘विन अ मिलियन’ मार्फत हामी उनीहरूको दशैँ–तिहारलाई विशेष बनाउन चाहन्छौं । नगद पुरस्कार मात्र होइन, उनीहरूको सपना पुरा गर्ने अवसर समेत दिन चाहन्छौं।”

    एक्सचेन्जले यस दशैँ र तिहारमा यूएईमा रहेका सबै नेपाली कामदारलाई इन्डेक्स एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउन आग्रह गरेको छ । नेपाल पैसा मात्र पठाउने होइन, खुसी, सपना र आशा पनि पठाउनुहोस्। किनभने इन्डेक्स एक्सचेन्जसँग, रेमिट्यान्स मात्र होइन पर्वहरूलाई साँच्चिकै यादगार बनाउने जिम्मेवारी रहेको कम्पनीको दाबी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend