काठमाडौं - विश्वप्रसिद्ध स्मार्टफोन निर्माता शाओमीले नयाँ मोडलहरू रेडमी १५ र रेडमी १५C नेपाली बजारमा सार्वजनिक गरेको छ। यी फोनहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन र अत्याधुनिक फिचरसहित उपभोक्तालाई लक्षित छन्।
रेडमी १५ : शक्तिशाली र प्रिमियम
रेडमी १५ विशेषगरी लामो ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो। यसमा ७००० mAh ब्याट्री, ३३W फास्ट चार्जिङ र १८W रिभर्स चार्जिङ सुविधा छ।
फोनको ६.९ इन्च FHD+ डिस्प्ले, १४४Hz रिफ्रेस रेट र TÜV Rheinland ट्रिपल आई-केयरले आँखाको सुरक्षा पनि सुनिश्चित गर्छ।
फोटोग्राफीका लागि ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा छ। Snapdragon 685 चिप र HyperOS 2, Google Gemini का साथ फोन गेमिङदेखि मल्टिटास्किङसम्म सहज अनुभव दिन्छ। २TB सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ।
रेडमी १५C : स्मार्ट र स्टाइलिश
रेडमी १५C ७.९९mm स्लिम डिजाइनमा आएको छ। यसमा ६००० mAh ब्याट्री, ३३W फास्ट चार्जिङ, १०W रिभर्स चार्जिङ सुविधा छ। फोनमा ६.९ इन्च HD+ डिस्प्ले, १२०Hz रिफ्रेस रेट र MediaTek Helio G81-Ultra प्रोसेसर छ। ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा पोर्ट्रेट र नाइट मोडमा उत्कृष्ट फोटो खिच्न सकिन्छ।
दुवै मोडलमा IP64 सुरक्षा, नवीनतम HyperOS 2 र Google AI का स्मार्ट फिचरहरू उपलब्ध छन्।
रंग र मूल्य
रेडमी १५ : Sandy Purple, Titan Gray, Midnight Black | ६GB+१२८GB रु. १८,९९९, ८GB+२५६GB रु. २१,९९९
रेडमी १५C : Midnight Black, Moonlight Blue, Mint Green | ४GB+१२८GB रु. १४,९९९, ६GB+१२८GB रु. १६,४९९, ८GB+२५६GB रु. १८,९९९
शाओमीले विश्वास व्यक्त गरेको छ कि नयाँ मोडलहरूले नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री जीवन, स्मार्ट फिचर र आकर्षक डिजाइन सहित नयाँ अनुभव दिनेछ।



