२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भिभो भि६० नेपाली बजारमा, प्रि–बुकिङ भदौ १२ देखि १६ सम्म, मूल्य कति ?


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 7.0K
    SHARES

  • images
    भिभो भि६० नेपाली बजारमा, प्रि–बुकिङ भदौ १२ देखि १६ सम्म, मूल्य कति ?

    काठमाडौँ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । भिभो भि६० ले जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ । आधिकारिक सार्वजनिक कार्यक्रम हायात सेन्ट्रिक काठमाडौँमा आयोजना गरिएको थियो, जसमा मिडिया प्रतिनिधिहरू, ईन्फ्लुएन्सरस्, र राष्ट्रिय वितरकहरूको उपस्थिति रहेको थियो ।

    जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा रहेको छ, जसले टाढाबाट पनि स्पष्ट पोट्र्रेट खिच्न सक्दछ । यसको १०x टेलीफोटो स्टेज पोट्र्रेटले चहकिलो स्टेज लाईटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ, जबकि पाँच फरक फोकल लेन्थ (२३ मि.मि.–१०० मि.मि.) ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ ।

    एआई इमेज स्टुडियोले  भि६० को  सिर्जनात्मक सम्भावनाहरू थप बढाएको छ । यसमा रहेको एआई फोर सीजन पोट्र्रेट मार्फत वसन्त, गर्मी, शरद वा जाडो—चारै ऋतु अनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ । क्यामरा सेटअपमा थप रूपमा ५० मेगापिक्सेलको जाइस् मुख्य क्यामरा, ८ मेगापिक्सेलको जाइस् अल्ट्रा वाइड–एङ्गल क्यामरा र ५० मेगापिक्सेलको जाइस् ग्रुप सेल्फी क्यामरा रहेको छ । यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाईट सिस्टमले अझ प्रभावशाली बनाएको छ, जसले कम प्रकाशमा समेत उत्कृष्ट परिणाम दिन्छ ।

    डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजल सहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ । यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ । 

    सुदृढताका दृष्टिले, भिभो भि६० मा डायमण्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ । यसमा रहेको आई पी ६८/६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ । शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ । प्रदर्शनतर्फ, यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२ + १२ जि बी को विस्तारित ¥यामले सहज र छरितो अनुभव प्रदान गर्छ ।

    भिभो भि६० को नेपालमा प्रि–बुकिङ अगस्ट २९ देखि सेप्टेम्बर २ (भदौ १२–१६) सम्म खुला हुनेछ, र पहिलो बिक्री सेप्टेम्बर ३ (भदौ १७) बाट बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ । प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन्।

    मूल्य तथा उपलब्धता

    १२ जि बी + २५६ जि बी: रु. ७०,९९९ 

    १२ जि बी + ५१२ जिबी: रु. ७५,९९९ 

    भिभो भि६० शून्य प्रतिशत ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४० प्रतिशत डाउनपेमेन्टसहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । 

    यसका अतिरिक्त, ग्राहकहरूले भिभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयापुराना’ मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भिभो भी६० सँग साट्न सक्छन् । लन्च अफरको रूपमा, भिभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाल यो सुविधा १०० भन्दा रिटेल स्टोरहरूमा उपलब्ध छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend