२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 5.4K
    SHARES

  • images
    सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर

    काठमाडौं । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष 3X अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउँछ।

    यस 3X अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्: ३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झट रहित स्वामित्व सुनिश्चित गर्छ; ३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ; र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।

    ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।

    सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरण मैत्री प्रदर्शनसहितको सेरेस 3 नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस 3 भविष्यको मोबिलिटीको प्रतिक पनि हो।

    सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो। यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ।

    नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्नुहोस्, ड्राइभिङको भविष्यलाई अनुभव गर्नुहोस् र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिनुहोस्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend