२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि


सञ्चार डबली
  • बिहीबार , साउन २९ २०८२
  • 7.0K
    SHARES

  • images
    कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

    काठमाडौँ - प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भएको छ।

    अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा २१ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो । एक वर्षको अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३६ प्रतिशतले बढेको छ।

    कम्पनीले कुल ८अर्ब २ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरि २२ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ भने यस अवधिमा ६२ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ। गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत र रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ।

    अघिल्लो वर्षको तुलनामा कम्पनीको सेयरमूल्य बढेर प्रति शेयर आम्दानी २६.२५ रुपैयाँ र नेथवर्क प्रतिसेयर १७९.६३ रुपैयाँ पुगेको छ।

    अग्रज एवम् अनुभवी उद्योगपति शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुचारु गरेको थियो ।

    कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिदै आएको छ ।

    हुलास फिनसर्भको यो आर्थिक उपलब्धिले कम्पनीको सेवा, सुविधा लिनेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको पुष्टि गरेको छ ।हुलास फिनसर्भले दिँदै आएको सेवा, सुविधाले विशेषत  न्यून तथा मध्यम आयस्रोत भएकाहरूलाई आफ्नो आधारभूत आवश्यकता एवम् रहरहरू पूरा गर्न अत्यन्तै सजिलो भएको छ।

    सीमित आयबाट सपना साकार पार्ने सोच भएका जो कोहीको लागि हुलास फिनसर्भ भरपर्दो आधार बनेर सकेसम्मको सहुलियतपूर्ण सेवा, सुविधा प्रदान गर्ने कार्यमा प्रतिबद्ध छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend