२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चर्चित लोकदोहोरी गायिका बिष्णु माझीको नया तीज गीत ‘म त नराउरी’ सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , साउन २९ २०८२
  • 8.9K
    SHARES

  • images
    चर्चित लोकदोहोरी गायिका बिष्णु माझीको नया तीज गीत ‘म त नराउरी’ सार्वजनिक

    काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि उस्तै भएको थियो । अन्ततः बुधबार सो प्रतीक्षा पूरा भएको छ ।

    गीत सार्वजनिक भएको २१ घण्टामै युट्युबमा १२ लाख भन्दा बढी लाइक र १०,००० हजार भन्दाबढी कमेन्ट आइसकेको छ । २४ घण्टा नपुग्दै Tranding नम्बर १ मा गईसकेको छ ।

    गीत सार्वजनिक भएसँगै युट्युबमा एक शुभेच्छुकले लेखेका छन्, ‘बल्ल साच्चिकै तीज आयो ! बिष्णु माझिको तिज गित बिनाको तीज पनि के को तीज ! अनि सानी नानीको अभिनय ले लास्टै मन छोयो !’ ती शुभेच्छुकले मात्रै होइन, उनको गीतलाई धेरैले सेयर गर्दै सकारात्मक टिप्पणी गरिरहेका छन् । 

    माझीको गीतले गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

    ‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ । गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ । 

    गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

    गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तिजमा’की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend