२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सामसुङ नेपालद्वारा स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ सुरु


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 5.8K
    SHARES

  • images
    सामसुङ नेपालद्वारा स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ सुरु

    काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति Samsung नेपालले Samsung Monsoon Camp सुरु गरेको छ.जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो।

    यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत Samsung प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत Samsung सेवा केन्द्रमा गएर नोक्सानभएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ।

    यो सेवा केवल Samsung का अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ । Samsung नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (CS) श्री राजन भट्टराई भन्छन्, "Samsung नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी Monsoon Camp मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।"

    Samsung ले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend