२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 6.3K
    SHARES

  • images
    सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

    मंगलवार, साउन २० २०८२
    काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबिच बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिक छलफल भएको छ ।

    साथै उत्पादनशील क्षेत्रहरू र प्रविधी स्थानन्तरणहरूमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रिटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने बिषयमा छलफल भएको छ ।

    उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरूका समस्या समाधानका लागि आफु लागि परेको  र नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य राजदूत पौडेलले बताए । साथै उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको समेत जानकारी दिए ।

    भेटमा पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend