२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पुष्पा २ मा किन केटी बने अभिनेता अल्लू अर्जुन ?


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 10.0K
    SHARES

  • पुष्पा २ मा किन केटी बने अभिनेता अल्लू अर्जुन ?

     

    काठमाडौं, वैशाख ४ गते । साउथ अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिन अघिमात्र फिल्म ‘पुष्पा २’ को टिजर र पोस्टरले धमाका मच्चाएका थिए ।अल्लूका फ्यानका लागि यो निकै खुशीको कुरा थियो । अल्लूलाई पोस्टरमा फरक रुपमा देखिएपछि सबै चकित परे । साडीसँगै निधारमा ठूलो टिका र गलामा मुण्डको स्थानमा निबूको माला लगाएको अल्लू देख्दा फ्यान दुःखी हुने कुरै थिएन ।

    अहिले अल्लूलाई यो लुक्समा किन देखाइयो भन्ने चर्चा र चासो उत्तिकै छ । तिरुपतिको लोकप्रिय लोक अनुष्ठान गंगम्मा तल्ली जतारामा सहभागी हुन जाने पुरुषलाई महिला रुपमा तयार पारिन्छ । यो चाँड मेको आसपास एक हप्ताका लागि मनाइन्छ ।

    यो पर्वको अन्तिम दिन पुरुषलाई महिलाको रुपमा तयार पारिन्छ र उनीहरुलाई गंगम्माको रुपमा देखाइन्छ । जो खराब कुरालाई नष्ट गर्नका लागि चिनिन्छन् । निर्देशक सुकुमारले यो पर्वलाई एक ठूलो एक्सन सिक्वेन्स विकसित गर्नका लागि एक पृष्ठभूमिका रुपमा यो पर्वलाई लिएको अनुमान गरिएको छ ।

    फिल्म सन् २०२३ को अन्त्य या सन् २०२४ को सुरुवातमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ । फिल्ममाथि अहिले पनि काम चलिरहेको छ । फिल्ममा रश्मिका र फहल फासिलको पनि अभिनय छ ।

  • सम्बन्धित विषय:

  • # अल्लू अर्जुन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend