२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 6.1K
    SHARES

  • images
    टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर

    शुक्रबार, ०९ साउन २०८२
    काठमाडौँ ।  टिकटकले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ मा यसको एकमात्र मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ।

    प्रत्येक वर्ष आयोजना हुने मिस नेपाल, नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो, जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ। यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शशक्तकथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउनेछ।

    यो सहकार्य १ जुलाईदेखि १५ सेप्टेम्बर २०२५ सम्म चल्नेछ, जसअन्तर्गत मिस नेपालको एक्सक्लुसिव ब्याकस्टेज मोमेन्ट्सदेखि रेड कार्पेटका झलकहरूसम्मका सम्पूर्ण गतिविधि टिकटकमा एकीकृत गरिनेछ।मिस नेपाल २०२५ लाई आधिकारिक ह्यासट्याग #MissNepal मार्फत टिकटकमा प्रवर्द्धन गरिनेछजसले कन्टेन्ट डिस्कभरी र राष्ट्रव्यापी सहभागितालाई बढावा दिनेछ।

    “मिस नेपालसँगको यो सहकार्यहाम्रो निरन्तर प्रयासको हिस्सा हो, जसले स्थानीय प्रतिभालाई उजागर गर्न र समुदायका कथाहरूलाई सिर्जनात्मक, समावेशी र प्रेरणादायी तरिकाले प्रस्तुत गर्न मद्दत गर्दछ,” टिकटकका दक्षिण एशियाका लागि कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मनोरञ्जन पार्टनर बन्दै हामी देशको सांस्कृतिक र सिर्जनात्मक इकोसिस्टममा हाम्रो भूमिकालाई गहन बनाउँदैछौं र नेपाली आवाजलाई स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च पनि प्रदान गर्दैछौं।”

    मिस नेपाल एक्सपिरियन्समा टिकटक क्रिएटरहरूलाई पनि विशेष पहुँच दिइनेछ, जसअन्तर्गत उनीहरूले बिहाइन्ड-द-सीन कन्टेन्ट र कल्चरल कोलाबोरेसनहरू सिर्जना गर्नेछन्, जसले प्रतियोगीका कथाहरूलाई अझ व्यापक दर्शकसम्म पुर्‍याउनेछ र अभियानको पहुँचलाई बढाउनेछ।

    “हामी मिस नेपाल २०२५ का लागि टिकटकलाई आफ्नो एकमात्र मनोरञ्जन पार्टनरको रूपमा स्वागत गर्न पाउँदा रोमाञ्चित छौं। यो सहकार्यले विशेषगरी हाम्रो प्लेटफर्म र टिकटक दुवैको केन्द्रमा रहेका युवापुस्तालाई मिस नेपालको अनुभव अझ नजिकबाट नियाल्न मद्दत गर्नेछ। हामीले यस वर्षका प्रतियोगीहरूको विविधता, सिर्जनशीलता र सपनालाई नयाँ र आकर्षक तरिकामा सेलिब्रेट गर्न सँगै अघि बढ्ने विश्वास लिएका छौं,” मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले भने।

    यो सहकार्यले प्रतियोगीहरूको यात्रालाई दर्शकहरूसम्म अझ नजिक ल्याउनेर इन्टरेक्टिभ कन्टेन्ट तथा क्रिएटर-लेडप्रस्तुतिहरू मार्फत व्यापक सहभागितालाई आमन्त्रित गर्नेछ। एक्सक्लुसिव भिडियोहरू आधिकारिक टिकटक अकाउन्टमा उत्पादन र प्रकाशित गरिनेछन्, जसले यस अभियानभरफ्यान र फलोअरहरूका लागि टिकटक मुख्य डिजिटल डेस्टिनेसन बन्नेछ।

    यस यात्रालाई पछ्याउन, www.missnepal.com.np मा जानुहोस् र टिकटकमा @missnepal लाई फलो गर्नुहोस्

    टिकटकको बारेमा
    टिकटक छोटो अवधिका मोबाइल मोबाइल भिडियोका लागि अग्रणी गन्तव्य हो। हाम्रो लक्ष्य भनेको सिर्जनशीलतालाई प्रेरित गर्नु र खुशी ल्याउनु हो। टिकटकका ग्लोबल कार्यालयहरू लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो लगायतका शहरहरूमा रहेका छन्। www.tiktok.com

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend