२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव


सञ्चार डबली
  • सोमबार, साउन ५ २०८२
  • 7.3K
    SHARES

  • images
    बीवाईडीले उत्पादन ग-यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

    सोमबार, ०५ साउन २०८२

    काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट सवारी उत्पादन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

    चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा अवस्थित जियाओमो उत्पादन केन्द्रमा कम्पनीले याङवाङ यु७ मोडललाई माइलस्टोन सवारीको रुपमा सार्वजनिक गर्दै सो उपलब्धिको उत्सव मनाएको हो।

    बीवाईडीले यसै सँगै न्यु इनर्जी सवारी उत्पादनको क्षेत्रमा १ करोड ३० लाख युनिट निर्माण गर्ने विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ। यो उपलब्धिले कम्पनीको प्रविधि, नवप्रवर्तन र विश्वव्यापी बजारमा बढ्दो प्रभावलाई झल्काउँछ।

    सन् २०२५ को पहिलो छ महिनामा बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा सशक्त प्रगति गरेको छ। जनवरीदेखि जुनसम्म कम्पनीको घरेलु बिक्री ३१.५ प्रतिशतले वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ भने अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशतले बढेर ४ लाख ७२ हजार युनिटमा पुगेको छ। बजारमा लगातार देखिएको यो उत्कृष्ट प्रदर्शनले बीवाईडीलाई विश्व न्यु इनर्जी सवारी बिक्रीमा पहिलो स्थानमा पु¥याएको छ।

    कम्पनीले १ करोड ३० लाखौं सवारीको रुपमा याङवाङ यु७ लाई प्रोडक्सन लाइनबाट सार्वजनिक गर्दै उक्त उपलब्धिलाई ऐतिहासिक बनाएको हो।

    याङवाङ ब्रान्डले चिनियाँ बजारमा १० हजार युनिट बिक्री पार गर्ने पहिलो अल्ट्रा९लक्जरी सवारीको रुपमा आफ्नो पहिचान बनाएको छ। प्राविधिक निपुणता, विशिष्ट डिजाइन र ब्रान्ड मूल्यका कारण याङवाङ उच्च गुणस्तरीय सवारी बजारमा अग्रणी बन्न सफल भएको छ।

    यस माइलस्टोनले केवल चिनियाँ अटो उद्योगको प्रगतिको संकेत मात्र होइन, न्यु इनर्जी युगमा चिनियाँ निर्माता कम्पनीहरूको उच्च प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वासलाई समेत पुष्टि गरेको छ। बीवाईडीको यो उपलब्धि न्यु इनर्जी सवारी उद्योगको दिगो विकासतर्फको ठोस कदमको रूपमा पनि हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend