२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज


सञ्चार डबली
  • शुक्रबार, साउन २ २०८२
  • 5.1K
    SHARES

  • images
    शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज

    शुक्रवार, साउन २ २०८२
    काठमाडौँ । आजको व्यस्त जीवनमा, हाम्रा इलेक्ट्रोनिक उपकरणहरू हाम्रो दैनिक जीवनशैलीको अभिन्न अंग बनेका छन् । तर इलेक्ट्रोनिक उपकरणहरू निरन्तर प्रयोग गर्दा तिनीहरूको ब्याट्री कम हुँदै जान्छ । ट्राफिकमा अड्किएको बेला, यात्रा गरिरहेको बेला, वा घरबाट धेरै घण्टा बाहिर भएको बेला, एउटा राम्रो र भरपर्दो पावर बैंकले तपाईंको फोन, ट्याब्लेट, इअरबड र अन्य ग्याजेटहरूलाई चालु राख्छ ।

    यस्ता परिस्थितिहरूको सामना गर्न, ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरु नेपाली बजारमा सर्बशुलभ रुपमा र सरल मूल्यमा उपलब्ध छन् । शाओमीका रु. ३,४९९  देखि रु. ४,९९९ सम्मका पावर बैंकहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

    शाओमी पावर बैंक ४आइ १०००० एम ए एच रु. ३,४९९

    यो २२.५ वाट फास्ट चार्गिंग पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा यु एस बि - सी र यु एस बि - ए दुबै पोर्ट छन्, र यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ (मतलब पावर बैंक चार्ज गर्दा तपाईंको फोन पनि चार्ज गर्न सकिन्छ) । यसको १८ वाट चार्जरले ४ घण्टामै दिभाइसलाई पूरै चार्ज गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रीन र कोरल पर्पल रंगहरुमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने दिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ ।

    शाओमी पकेट पावर बैंक  १०००० एम ए एच रु. ४२९९

    यसमा बिल्ट–इन केबल भएकोले तपाईंलाई अलग्गै चर्जिङ्ग केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । बिल्ट–इन केबल र यु एस बि – सी र यु एस बि – ए दुबै पोर्टले ३.५ घण्टामा पूरै चार्ज हुन्छ र यो पावर बैंक मरून र ब्लू रंगमा  उपलब्ध छ ।

    रेड्मी पावर बैंक २००००  एम ए एच रु. ४,४९९

    यदि तपाईलाई धेरै पावर चाहिन्छ भने रेड्मी पावर बैंक २००००एम ए एच तपाईको लागि उपयुक्त हुनेछ । यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेज जस्ता समस्याहरू विरुद्ध १२ लेयर  सुरक्षा दिन्छ ।  यस भित्रको लिथियम पोलिमर ब्याटरीहरु  सामान्यभन्दा बढी सुरक्षित र एफिसिएन्ट छन् । कालो र सेतो रंगमा  उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका  ठाउँमा, र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ ।

    Powerbanks.jpeg
    undefined

    शाओमी पावर बैंक ४आई २०००० एम ए एच रु. ४,९९९

    ३३ वाट सोनीक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ र फिटनेस ट्रयाकर वाच जस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ। १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरु (टाइप सी इनपुट, ताइप सी आउटपुट र दुईवटा यु एस बि – ए आउटपुट) सहित, यो पावर बैंक पूर्ण रूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, ना इ ट्रो ग्रीन र तर्बो ब्लू रंगहरुमा  उपलब्ध छ ।

    शाओमी नै किन छान्ने ?

    शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबूत बनावट र सुरक्षा सुविधाहरूलाई किफायती मूल्यमा ग्राहकहरुमा उपलब्ध गराएको छ । नवीनतम् प्रविधि र दैनिक आवश्यकता अनुसार यिनीहरू वास्तविक प्रयोगको लागि बनाइएका छन् । विद्यार्थी, कुनै पेशा, वा धेरै प्रविधि प्रयोग गर्ने व्यक्ति सम्म, तपाईंको जीवनशैली र बजेट अनुसार शाओमीका पावर बैंकहरु विभिन्न मूल्यमा र विविध सुविधासहित उपलब्ध छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend