२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरणको चित्रकला प्रदर्शनी सुरु


सञ्चार डबली
  • बिहीबार , साउन १ २०८२
  • 4.5K
    SHARES

  • images
    एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरणको चित्रकला प्रदर्शनी सुरु

    काठमाडौं। एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ। ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौं आर्ट हाउस, काठमाडौं गेष्ट हाउस र काठमाडौं गेस्ट हाउस पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो।

    करिब आधा सताब्दी लामो मानन्धरको कलायात्रामा क्रममा सृजना गरिएका केही चित्रकलालाई प्रदर्शनीमा राखिएको छ। रङ, रेखा र अराजकताको दशकलाई उजागर गरिएको चित्रकलामा यस अवधिका विविध आयामलाई समेटिएको आयोजक म्युजियम अफ नेपाली आर्टले जनाएको छ। 

    'प्रदर्शनीको नाम स्वयम कलाकारकै नाम किरणबाट आएको हो। जसको अर्थ प्रकाश हुन्छ,' म्यूजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले भने, 'प्रकाशमा फेरि प्रकाश हाल्न आवश्यक छैन। त्यसैले किरण मानन्धर स्वयं प्रकाश हुनुहुन्छ।'

    516801273_1117402533536831_4009909223338575920_n-1752757005.jpg
    कलाकार मानन्धरले यसप्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे। 

    'मैले यसप्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु। यसबाट दर्शकसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ,' उनले भने। उनले एनसेललगायतका संस्थाले प्रदर्शनी आयोजनाका लागि गरेको सहयोगमा आभार व्यक्त गरे। 

    एनसेल फाउण्डेसन तथा विशेष परियोजनाकी निर्देशक विशाखा लक्ष्मी कुँवरले कलाकार मानन्धरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन। 'हामी अनुभवी कलाकार किरण मानन्धरको यस प्रदर्शनीमार्फत नेपाली कला संरक्षण र प्रवर्द्धन म्युजियम अफ नेपाली आर्टसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी छौँ। एनसेल फाउन्डेशनले नेपालको कलात्मक सम्पदाले भावी पुस्तालाई प्रेरणा दिइरहोस् भन्नेमा सचेत छ,' उनले भनिन्। 

    520993265_1840125740249676_919455769576570691_n-1752757006.jpg
    प्रदर्शनीमा एनसेल फाउण्डेसन, ओल्ड दरबार, कोसेया डोचा र सोलुखुम्बु जस्ता ब्राण्डले सहयोग गरेका छन्। आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन बिहान १० बजेदखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend