२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

काठमाडौं गोर्खाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न


सञ्चार डबली
  • बुधबार, असार ३२ २०८२
  • 6.0K
    SHARES

  • काठमाडौं गोर्खाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीच शीर्ष प्रायोजन सम्झौता सम्पन्न

    काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने घोषणा गरिएको छ। सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक श्री मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक श्री अनुभव स्वाँर सिरोहिया बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।

    सम्झौता कार्यक्रममा बोल्दै श्री मनोज कुमार अग्रवालले भने:
    “हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ। हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौं। अब काठमाडौं गोर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौं। वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो। खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन्।”

    काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक श्री अनुभव स्वाँर सिरोहियाले भने: “कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंक जस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ। यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।”

    आगामी सिजनका लागि काठमाडौं गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक श्री मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।

    काठमाडौं गोरखाज र वर्ल्डलिंक कम्युनिकेशन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याेउने विश्वास गरिएको छ, साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्यासउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend