२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इनड्राइभले काठमाडौंमा गर्‍यो ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न 


सञ्चार डबली
  • सोमबार, असार ३० २०८२
  • 5.5K
    SHARES

  • images
    इनड्राइभले काठमाडौंमा गर्‍यो ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न 

    आषाढ ३०, २०८२ सोमवार
    काठमाडौं । इनड्राइभले काठमाडौंमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ। इनड्राइभसँग आबद्ध स्थानीय चालक पार्टनरहरूसँगको प्रत्यक्ष संवाद, अनुभव आदानप्रदान र पारस्परिक विश्वास निर्माणलाई उद्देश्य बनाएर गरिएको यस भेलामा चालकको समर्पणप्रति आभार प्रकट गर्दै सेवा सुधारसम्बन्धी भावी योजनाहरू पनि प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा सहभागी ड्राइभरहरूसँग इनड्राइभको एशिया–प्रशान्त क्षेत्रको नेतृत्व टोलीले प्रत्यक्ष अन्तर्क्रिया गर्दै उनीहरूको अनुभव, सुझाव र समस्याहरू सुने। सो क्रममा कम्पनीका प्रतिनिधिहरूले इनड्राइभको सेवा प्रयोग गरिरहेका चालकहरूको अनुभवलाई अझ सहज र सन्तोषजनक बनाउन विभिन्न रणनीतिहरू सार्वजनिक गरे।

    इनड्राइभका एपीएसी ड्राइभर अपरेशन्स प्रमुख निकोलाईले चालकलाई ‘सफरको सहयात्री’ भन्दै धन्यवाद ज्ञापन गरे। उनका अनुसार इनड्राइभ पिपुल–फर्स्ट प्लेटफर्म हो, जहाँ छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता नै मूल आधार हुन्।

    निकोलाईले कार्यक्रमलाई केवल औपचारिकता नभएर चालकका भाव, सन्देश र आवश्यकता बुझ्ने प्लेटफर्मको रूपमा व्याख्या गरे। उनले भने, ‘हाम्रो उद्देश्य केवल सेवा सुधार गर्नु मात्र होइन, इनड्राइभसँग जोडिएका प्रत्येक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो।’

    कार्यक्रमका दौरान उत्कृष्ट चालकहरूलाई सम्मान गर्दै प्रशंसा गरिएको थियो। त्यस्तै, इनड्राइभले टेक्नोलोजीको प्रयोगमार्फत चालकहरूको दैनिकी सहज र सुरक्षित बनाउन ल्याउने केही नयाँ सुविधाहरू पनि उद्घोष गर्यो। कार्यक्रममा सहभागी चालकहरूले आफूहरूलाई प्रतिनिधित्व गर्ने मौका पाएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी सेवा पाउने अपेक्षा व्यक्त गरे।

    यो कार्यक्रमले चालक र कम्पनीबीचको सम्बन्धलाई मजबुत बनाउँदै सहकार्यको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ। इनड्राइभले नेपालमा सेवा सुरू गरेको छोटो समयमै नेपाली बजारमा राम्रो उपस्थिति बनाएको छ र यो कार्यक्रम त्यसैको एक उदाहरण भएको आयोजक पक्षले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend