२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालको इन्टरनेट इतिहास समेट्ने ‘वर्ल्डलिंक सङ्ग्रहालय’


सञ्चार डबली
  • बुधबार, असार २५ २०८२
  • 5.7K
    SHARES

  • images
    नेपालको इन्टरनेट इतिहास समेट्ने ‘वर्ल्डलिंक सङ्ग्रहालय’

    नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो गौरवपूर्ण इतिहास, प्रविधिमा पुर्‍याएको योगदान र संघर्षको स्मरण स्वरूप ‘वर्ल्डलिंक सङ्ग्रहालय’को औपचारिक उद्घाटन गरेको छ।

    सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल÷इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । 

    यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्,  तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण छन् । 

    वर्ल्डलिंकको आफ्नै कार्यालय भवन परिसर, ललितपुरको कुसुन्तीमा रहेको यो सङ्ग्रहालयको उद्घाटन कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा सम्पन्न भएको हो । 

    केके छन् सङ्ग्रहालयमा ? 

    सङ्ग्रहालयमा वर्ल्ड लिंकको स्थापना कालदेखि हालसम्मको प्रविधि विकासक्रम झल्काउने सामग्रीहरू सङ्ग्रहित छन्।

    यहाँ डायलअप इन्टरनेटमा प्रयोग गरिएका मोडेम, वायरलेस इन्टरनेटमा प्रयोग भएका उपकरण, भी-स्याट, केवल इन्टरनेट, र हालको (Fiber to the Home) सम्म प्रयोग भएका पुराना, तर ऐतिहासिक महत्व बोकेका प्रविधियुक्त उपकरणहरू अवलोकन गर्न सकिन्छ।

    यी प्रविधिहरू अहिले प्रयोगमा नरहे पनि, नेपालको डिजिटल इतिहास बुझ्न अध्ययन, अनुसन्धान र स्मरणका लागि अमूल्य स्रोत हुने कम्पनीको विश्वास छ।

    विद्यार्थी र अनुसन्धानकर्ताका लागि निःशुल्क प्रवेश

    वर्ल्डलिंक सङ्ग्रहालयलाई शैक्षिक, प्राविधिक र ऐतिहासिक अध्ययनको साझा थलोको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

    शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क अवलोकन खुल्ला गरिने वर्ल्डलिंकका प्रवक्ता किरणराज गौतमले जानकारी दिए।

    उनका अनुसार, “यो संग्रहालय सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार, लेखक र प्रविधिमा चासो राख्ने सबैका लागि ज्ञान बटुल्ने अवसर हुनेछ।”

    वर्ल्डलिंकले देशका दूरदराजका गाउँदेखि शहरी क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्दै नेपाललाई डिजिटल युगमा अगाडि बढाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

    यो सङ्ग्रहालय त्यही यात्राको दस्तावेज हो, जसले कम्पनीको योगदानलाई स्मरणीय मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बनाउने कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend