२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आईएमई ग्रुपको करिब डेढ अर्ब लगानीमा आयो फाइबर सिमेन्ट बोर्ड उद्योग


सञ्चार डबली
  • शुक्रबार, असार १३ २०८२
  • 6.7K
    SHARES

  • images
    आईएमई ग्रुपको करिब डेढ अर्ब लगानीमा आयो फाइबर सिमेन्ट बोर्ड उद्योग

    नेपालमा पहिलोपटक करिब डेढ अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने कम्पनी संचालनमा आएको छ । 

    एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको आईएमई ग्रुपले जनाएको छ । 

    उद्योगले स्वदेशी उत्पादन, रोजगारी प्रवर्द्धन र औद्योगिक आत्मनिर्भरतातर्फको उल्लेखनीय यात्रा सुरू गरेको उद्योगी चन्द्र ढकालले बताए । 

    काठमाडौंमा हिजो बुधबार आयोजित एक भव्य समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त उद्योगको उद्घाटन गरेका थिए । 

    उद्घाटन पश्चात मन्तव्य दिंदै मन्त्री भण्डारीले भने, “नेपालमै अत्याधुनिक प्रविधिमा आधारित, वातावरणमैत्री र गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने उद्योगको स्थापना हुनु देशको औद्योगिक इतिहासकै एक महत्वपूर्ण मोड हो।”

    उनले यस्तो उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्माण क्षेत्रमा दिगो र आधुनिक प्रविधिमा आधारित समाधान दिने हुँदा सरकारले उत्पादनमुखी लगानीलाई निरन्तर प्राथमिकता दिने पनि स्पष्ट पारे।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले उद्घाटन समारोहमा बोल्दै भने, “स्वदेशी कच्चा पदार्थ, स्थानीय स्रोत र नेपाली सीप प्रयोग गरेर स्थापित यो उद्योग आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रा हो।”

    उनका अनुसार, आयात प्रतिस्थापन, विदेशी मुद्रा बचत, रोजगारी सिर्जना र दिगो औद्योगिक विकास यस उद्योगका प्रमुख उद्देश्य हुन्। उनले जोड दिए, “यस उद्योगले नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश दिएको छ।”

    रोजगारी र प्रविधिमा आत्मनिर्भरता
    रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्। उद्योगको दैनिक उत्पादन क्षमता ७५ हजार स्क्वायर फिट रहेको छ।

    यहाँ उत्पादित फाइबर सिमेन्ट बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध छन्। 

    ime group - chandra dhakal.jpg

    यी बोर्डहरू लचकदार, आगो र पानी प्रतिरोधी, वातावरणमैत्री तथा दीर्घकालीन टिकाउ भएका कारण विविध निर्माण कार्य—जस्तै पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, बाहिरी संरचना र आपतकालीन संरचना निर्माणसम्ममा उपयुक्त हुने विज्ञहरूले जनाएका छन्।

    ईँटा र प्लास्टरको विकल्पमा समेत प्रयोग गर्न सकिने भएकाले छोटो समय (१०–१५ दिनभित्र) निर्माण सम्भव बनाउने यी बोर्डहरूको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि तीव्र गतिमा बढिरहेको छ।

    स्थानीय रोजगारीमा विशेष प्राथमिकता
    हाल उद्योगमा करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। 
    तीमध्ये ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्, जो कच्चा पदार्थको प्रोसेसिङदेखि प्याकिङसम्मका कार्यमा संलग्न छन्। यसले स्थानीय अर्थतन्त्र सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    उद्घाटनपश्चात सार्वजनिक सन्देशमा अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखेका छन्,
    “हिजोको ऐतिहासिक दिन — करिब डेढ अर्ब लगानीमा स्थापित नेपालकै पहिलो एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगले आयात प्रतिस्थापन मात्र होइन, आत्मनिर्भर औद्योगिक अर्थतन्त्रको मजबुत आधार बनाउनेछ।”

    उनले उद्योग, सरकार, व्यवसायी, सञ्चारकर्मी र शुभेच्छुहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा स्वदेशी उत्पादन, रोजगारी प्रवर्द्धन र दिगो औद्योगिक विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।

    नेपालको औद्योगिक स्वाभिमान र आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय सुरु देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend