२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेलको ‘सधैँ अन करोडपति’ योजनाः छानिए १० जना १ लाख नगद विजेता, बम्परमा १ करोड नगद पुरस्कार


सञ्चार डबली
  • मंगलबार, असार १० २०८२
  • 5.3K
    SHARES

  • images
    एनसेलको ‘सधैँ अन करोडपति’ योजनाः छानिए १० जना १ लाख नगद विजेता, बम्परमा १ करोड नगद पुरस्कार

    काठमाडौं– एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताकोभाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्तिुर टिभी,एनसेल एप र कम्पनीको यूट्युव च्यानलमार्फ १/१ लाख नगद पुरस्कारजित्ने १० ग्राहकहरु छानिएका हुन् ।

    विजेता ग्राहकहरुलाई कम्पनी आफैले पनि सम्पर्क गर्ने र घोषणाभईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीकोसम्पर्कमा आईसक्नु पर्ने एनसेलले जनाएको छ । यो योजनामा एक जनाले१ करोड नगद बम्पर बाहेक १२ हप्तासम्म प्रत्येक हप्ता १०र१० जनाले १र१लाख गरि १२० जनाले जनही १ लाख नगर पुरस्कार पाउँछन् ।

    यो पहिलो हप्ता १ लाख नगर पुरस्कार जित्ने १० वटा टिकट नम्बरहरु निम्न अनुसार रहेका छन् ।

    डब्लु१–००१३११७१
    डब्लु१–००५५२२८१
    डब्लु१–०११४६१८७
    डब्लु१–०१७९५६४५
    डब्लु१–०२१०२६७६
    डब्लु१–०३६६१८३३
    डब्लु१–०३७९१८४०
    डब्लु१–०४३९४३८०
    डब्लु१–०४८५६२३१
    डब्लु१–०५७३०६४७

    के हो सधैं अन करोडपति योजना?

    ‘सधैँ अन करोडपति’ योजना एनसेलले लामो समयको अन्तरालपछिसञ्चालनमा ल्याएको एक ठूलो ग्राहक योजना हो । योजनाको अन्तिममा १जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउँनेछ ।

    यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन् ।आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार संचालन भईरहेकोयो योजना असार १ देखि १२ हप्ताका लागि सञ्चालनमा रहने एनसेललेबताएको छ ।

    कसरी सहभागी हुने ?

    यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।  

    ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वाएनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थनगर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

    हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटाटिकट प्राप्त गर्छन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिदगर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्दछन् । यसको मतलब प्याककोमूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

    यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दाग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणकालागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकटप्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटाटिकटहरु प्राप्त गर्दछन् ।

    आफ्नो टिकट कसरी थाहा पाउने ?

    ग्राहकहरुले आफूले सेवा खरिद गरिसकेपछि एसएमएसमार्फत एक लिङ्क पाउँछन् । सो लिङ्कमा गई उनीहरुले आफूले पाएको टिकटहरु हेर्न सक्छन्। एनसेल एपमार्फत, ८९९९९३ डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएरआफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएकोछ ।

    कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेडप्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिदगरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमाजारी हुन्छन् ।

    विजेता कसरी छानिन्छ?

    यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६स्३० देखि ७स्०० बजेकोसमयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फतप्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिन्छ ।नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैंसम्पर्क पनि गर्नेछ ।

    थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिककोएनसेल सेन्टरमा जान सक्छन् । यसैगरी एनसेलको वेबसाइट https://www.ncell.com.np/en/individual/sadhain-on-crorepati मा गईवा एनसेल एप डाउनलोड÷लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend