२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भिभो नेपालले ‘न्यानो नानी’ अभियानमार्फत स्थानीय आविष्कारलाई बढवा दिँदै


सञ्चार डबली
  • सोमबार, असार २ २०८२
  • 4.9K
    SHARES

  • images
    भिभो नेपालले ‘न्यानो नानी’ अभियानमार्फत स्थानीय आविष्कारलाई बढवा दिँदै

    सोमबार, ०२ असार २०८२
    काठमाडौं । सामाजिक उत्तरदायित्व र दिगो विकासप्रतिको आफ्नो अटल प्रतिबद्धता अनुरूप, भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्त्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको घोषणा गरेको छ ।

    यस अभियानअन्तर्गत भिभो नेपालले हालै सार्वजनिक गरिएको भिभो भि ५० लाइट स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट रु. ५० राष्ट्रिय आविष्कार केन्द्रद्वारा विकसित ‘न्यानो नानी’ परियोजनामा सहयोग स्वरूप प्रदान गर्नेछ । ‘न्यानो नानी’एक स्थानीय रूपमा डिजाइन तथा निर्मित प्रविधि हो, जसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समय अगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवनदायिनीता प्रदान गर्दछ।

    यसबारे भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले भने, “राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यो सहकार्यले नेपाली समुदायप्रति हाम्रो समर्पण र दिगो नवप्रवर्तनलाई प्रतिबिम्बित गर्दछ । ‘न्यानो नानी’ परियोजनामा योगदान गर्दै हामी शिशु जीवनको संरक्षणमा सहयोग पुर्‍याउनुका साथै, स्वस्थ नेपालको हाम्रो साझा लक्ष्यलाई अगाडि बढाइरहेका छौं।”

    त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भने, “भिभो नेपालको समर्थनले ‘न्यानो नानी’ परियोजनालाई अझ धेरै क्षेत्र र समुदायसम्म विस्तार गर्न मद्दत पु¥याउनेछ । यो साझेदारीले नेपालभरिका थप परिवारहरूमा स्थानीय स्तरमा निर्मित जीवन रक्षक प्रविधि आवश्यक परिवारहरूमा पु¥याउने हाम्रो अभियानलाई अझ सशक्त बनाउँछ ।”

    भिभो नेपालको यो पहलले प्रविधि र सामाजिक प्रभावको समन्वय गर्दै दिगो, सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई उजागर गर्दछ । यस अभियानमार्फत कम्पनीले स्थानीय आविष्कारमा लगानी गर्दै देशभर नवजात शिशु स्याहारमा सुधार ल्याउने र सार्थक सामाजिक परिवर्तनका लागि बलियो कदम चालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend