२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पाँँच सय बजेटको ‘आदिपुरुष’ ले ३०० करोड पनि कमाएन


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 11.0K
    SHARES

  • images
    पाँँच सय बजेटको ‘आदिपुरुष’ ले ३०० करोड पनि कमाएन

    काठमाडौं, १३ असार । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ जुन १६ मा हलमा रिलिज भएको थियो । महाकाव्य रामायणमा आधारित फिल्मले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो।

    फिल्मले पहिलो दिन ८५ करोडभन्दा बढी कमाई गरेर कीर्तिमान बनाए पनि ओपनिङ वीकेन्डपछि यसको कलेक्सनमा क्रमशः गिरावट आएको छ । योसँगै फिल्म रिलिजको १२ औं दिनमा मंगलबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।

    सकनिल्कको रिपोर्ट अनुसार ‘आदिपुरुष’ले रिलिजको १२ औं दिन अर्थात दोस्रो मंगलबार करिब १ करोड ७५ लाख कलेक्सन गरेको छ । यो फिल्मको अहिलेसम्मकै कम कलेक्शन हो । योसँगै ‘आदिपुरुष’को कुल कमाई २७९.६३ करोड पुगेको छ ।

    ‘आदिपुरुष’ को बक्स अफिसको कमाइ अब सकिएको छ । फिल्मको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव देखिन्छ ।यस्तो अवस्थामा प्रभासको ५०० करोडको बजेटमा बनेको यो फिल्म आफ्नो लागत निकाल्न पूर्ण रूपमा असफल सावित भएको भारतीय मिडिया एबिपी लाइभले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend