२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘महाभोज’ आजबाट प्रदर्शनमा


सञ्चार डबली
  • शुक्रबार, जेठ ३० २०८२
  • 5.3K
    SHARES

  • images
    ‘महाभोज’ आजबाट प्रदर्शनमा

    काठमाडौँ, जेठ ३० । राजावादी र एमालेको प्रदर्शनका कारण पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको चलचित्र ‘महाभोज’ आज रिलिज भएको छ । 

    जेठ १५ गतेबाट प्रदर्शनमा आउने भनिए पनि त्यही दिन काठमाडौंमा राजावादी र एमालेको आन्दोलन हुने भएपछि दुई दिनअगाडि यो चलचित्रको रिलिज रोकिएको थियो । 

    दिनेश राउत निर्देशित चलचित्रले देशभर करिब २०० शो पाएको निर्माणपक्षले जनाएको छ । 

    यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङको मुख्य भूमिकामा छन् । 

    ‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend