२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेलले सुरु गर्यो ‘लिग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरी टेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान


सञ्चार डबली
  • शनिबार, जेठ १७ २०८२
  • 6.5K
    SHARES

  • images
    एनसेलले सुरु गर्यो ‘लिग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरी टेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान

    काठमाडौं, जेठ १७ । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ। 

    यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ।

    क्रेट। कम्प्याक्ट कज्यूक्यार भन्ने उत्साहजनक नारासहित सुरू भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ।

    प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउने छन्। साथै, पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छन्।

    सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्व र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्ने छन्।

    “यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरण र रोमाञ्चक पुरस्कार रहेका छन्। यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौँ। नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौँ,” एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्।

    प्रतियोगिताका लागि हिजो शुक्रबार (जेठ१८, २०८२) बाट दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्। 

    सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ। 

    देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्ने छन्। यसरी, छानिने ५० जना क्रिएटर्स पाँच जना मेन्टरको नेतृत्वमा रहने समुहहरुमा विभाजन गरिनेछन् र प्रत्येक समुह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुने छन्।

    यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागीले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नुपर्ने हुन्छ र विज्ञ निर्णायक त्यसको मूल्यांकन गर्ने छन्।

    ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिने छ। विजेताको घोषणा गरिने छ। उत्कृष्ट प्रतिभालाई मनोरञ्जनात्मक  कार्यक्रममाझ सम्मान गरिने छ। 

    मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्ने छ। यस्तै, नेपालका शीर्ष क्रिएटर्ससँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसर यस प्रतियोगिताका थप आकर्षण हुन्।

    साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिले सहभागी क्रिएटर्सको सामग्रीको मूल्यांकन गर्ने छन्। यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन। सहभागी अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend