२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सार्वजनिक


सञ्चार डबली
  • सोमबार, जेठ १२ २०८२
  • 6.4K
    SHARES

  • images
    शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सार्वजनिक

    १२ जेष्ठ २०८२, सोमबार
    काठमाडौं ।अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित नयाँ मोडल ‘भिभो भी ५० लाईट’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शक्ति, प्रदर्शन र फोटोग्राफी क्षमताको त्रिवेणी संगम रहेको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूको आवश्यकता अनुसार डिजाइन गरिएको कम्पनीले जनाएको छ।

    यो स्मार्टफोनको सार्वजनिक घोषणा विशेष स्ट्यान्डअप कमेडी कार्यक्रम “द लाईट शो” मार्फत गरिएको थियो। प्रविधि, हास्य र मनोरञ्जनलाई समेट्ने उद्देश्यले आयोजित कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काका साथै चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाले दमदार प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको अविस्मरणीय अनुभव दिलाएको थियो।

    प्रभावशाली विशेषताहरू

    भिभो भी ५० लाईटमा ६५०० एमएएच क्षमताको ब्लु वल्ट ब्याट्री समावेश गरिएको छ, जुन भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री हो। ९० वाट फ्ल्यास चार्ज प्रविधिको प्रयोगले एक घण्टाको चार्जमै पुरै दिन चल्ने ऊर्जा प्रदान गर्छ। साथै, ५ वर्ष ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले यसको दीर्घकालीन टिकाउपनाको सुनिश्चितता गर्छ।

    फोनमा रहेको ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२% स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्छ। ७.७९ एमएम अल्ट्रा–स्लिम प्रोफाइल, ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसलाई प्रीमियम लुक दिन्छ।

    फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिटरी ग्रेड सर्टिफिकेसनले यसको सुरक्षामा थप भरपर्दो बनाएको छ।

    प्रोसेसर र फिचरहरू

    भी ५० लाईट दुई भिन्न प्रोसेसर विकल्पमा उपलब्ध छ — मीडियाटेक डाइमेन्सिटी ६३०० (फाइभ जी) र स्न्यापड्रागन ६८५ (फोर जी)। यी प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, स्मूद मल्टिटास्किङ र स्थिर प्रदर्शन सुनिश्चित गर्छन्। साथै, सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता स्मार्ट फिचरहरूले प्रयोगकर्ताको दैनिक अनुभवलाई अझ सहज र इन्टेलिजेन्ट बनाउँछन्।

    फोटोग्राफी अनुभव

    फोनमा रहेको ५० एमपी सोनी IMX882 मुख्य क्यामेराले औरालाइट पोर्ट्रेट र २x गोल्डेन पोर्ट्रेट जस्ता सुविधा प्रदान गर्छ, जसले फोटोहरूलाई प्रोफेसनल टच दिन्छ। सेल्फीप्रेमीका लागि ३२ एमपी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई इरेज तथा एआई फोटो इन्ह्यान्स टुल्सले फोटो सम्पादनलाई सहज र प्रभावकारी बनाउँछन्।

    मूल्य र उपलब्धता

    भिभो भी ५० लाईट दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ:

    ८ जीबी + २५६ जीबी (फोर जी) संस्करण: रु. ३७,९९९

    १२ जीबी + २५६ जीबी (फाइभ जी) संस्करण: रु. ४५,९९९

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend