२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युनाइटेड सिमेन्ट्स लि. र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा निशुल्क तीन महिने सिलाई कटाई प्रशिक्षण कार्यक्रम समापन 


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 5.4K
    SHARES

  • images
    युनाइटेड सिमेन्ट्स लि. र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा निशुल्क तीन महिने सिलाई कटाई प्रशिक्षण कार्यक्रम समापन 

    विहीबार, ०८ जेठ २०८२

    काठमाण्डौ । धुनिवेशी न.पा. वडा नं ९ जुगेडी मा रहेको के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा ४२ जना स्थानिय महिलाहरूका लागि निशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउनु हो ।

    कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु¥याउने वताउनुभयो ।

    सोहि अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति श्री माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा वताउनुभयो । सो कार्यक्रम धुनिबेशी न.पा.का नगर प्रमुख श्री बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend