२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी


सञ्चार डबली
  • आइतबार, जेठ ४ २०८२
  • 6.0K
    SHARES

  • images
    एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

    काठमाडौं, जेठ ४ । एनसेलले अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टी गर्दै जीएसएमएले जारी गरेको अपांगता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा हस्ताक्षर गरेको छ।

    जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन हो। जीएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ।

    जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरहरुबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो।

    यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउँछ। यस्ता कार्यहरुमा अपांगता भएका व्यक्तिका लागि सधैँ अन योजनाअन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पूर्ण रूपमा अपांगता मैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका पहलहरू समावेश रहेका छन्।

    एक अग्रणी जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा, एनसेलले समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यमा केन्द्रित रहँदै आएको छ। अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्यहरू गर्दै जाने छ।

    एक हस्ताक्षरकर्ता रूपमा, एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधा डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

    'हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौँ, हामी मानिसहरुलाई सशक्त बनाइरहेका छौँ। जीएसएमएसँग अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौँ। हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौँ,' एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।

    यस सहकार्यसँगै एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरूमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ। जसले अपांगता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरूको सशक्तिकरणमा मद्दत प्रदान गर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend