२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार


सञ्चार डबली
  • बिहीबार , वैशाख १८ २०८२
  • 7.2K
    SHARES

  • images
    रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार


    काठमाडौं ।    साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो । यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने बताइ सकिएको छ ।

    थलाइवाको यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउन लागेको कुरा जेलर २ को शानदार टिजरले देखाइसकेको छ । पोङ्गल र मकर संक्रान्तिको शुभ अवसरमा जनवरी १४ मा टिजरमार्फत फिल्मको घोषणा गरिएको थियो ।

     टिजर रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा निकै चर्चा र रजनीकान्तको सिन निकै नर्भा इरल भयो र फ्यानहरु आफ्नो मनपर्ने स्टारलाई जेलरको रुपमा फेरी पनि हेर्न आतुर देखिए ।  नेल्सन दिलीप कुमारको निर्देशनमा बन्न लागेको ‘जेलर २’ मा पनि दर्शकले जबरदस्त एक्सन र थ्रिलर सिन देख्न पाउनेमा अब कुनै शंका छैन ।

    खासमा जेलरः २ को सुटिङ मार्च ९ मा चेन्नईबाट सुरु भएको छ र अब यो छिट्टै प्याकअप हुने र फिल्मको पोस्ट निर्देशनमा काम गरिने बताइएको छ। जेलर २ को कास्टिङको कुरा गर्दा रजनीकान्तसँगै बालकृष्ण उर्फ ​​बलैया, मिर्ना मेनन, शिव राजकुमार, मोहनलाल, फहद फासिल, राम्या कृष्णन, योगी बाबु लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्ममा एसजे सूर्या पनि विशेष भूमिकामा देखिनेछन् ।

    जेलरः २ मा रजनीकान्त नायकको भूमिकामा देखिएका छन् तर यसका साथसाथै फिल्ममा खलनायकको भूमिकामा को हुनेछ भन्नेमा पनि फ्यानहरूको उत्तिकै उत्सुकता रहेको छ । फिल्ममा मुख्य खलनायकको भूमिका फहद फासिलले निभाउन सक्ने बताइएको छ ।

    फहद फासिल यसअघि रजनीकान्तसँग फिल्म ‘वेट्टियान’मा पनि देखिएका थिए । तपाईलाई बताउ कि जेलरः पार्ट वन २०२३ मा रिलिज भएको थियो र यसले साउथ इन्डस्ट्रीमा हलचल मच्चाएको थियो। यो फिल्म रजनीकान्तको करियरको दोस्रो सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि बनाएको थियो ।

    यस्तो अवस्थामा, फ्यानहरू रजनीकान्तको जेलर २ को उत्सुकताका साथ पर्खिरहेका छन् र निर्माताहरू पनि यसले ठूलो नाफा कमाउने आशा गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend