२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता


सञ्चार डबली
  • सोमबार, वैशाख १५ २०८२
  • 6.8K
    SHARES

  • images
    मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

    काठमाडाैं, वैशाख १५ । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्न सम्झौता भएको छ । संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो ।

    एग्रिवाचले भूउपग्रह (स्याटेलाइट) प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा संघ अध्यक्ष कुमुद दुगड र एग्रिवाचका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौतबाट नेपालको कृषि बजार सूचना र विश्लेषण, अनुसन्धान र परामर्श, कृषि निवेश अध्ययन र सल्लाह, डिजिटल कृषि समाधानबारे एग्रिवाचले अद्यावधिक जानकारी प्रदान गर्ने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend