२०८२ वैशाख १४ गते
मुगु । नव वर्ष २०८२ सालको शुभारम्भ संगै मुगुमा आयोजित मेयर डान्स आईडलको उपाधी २१ जना प्रतिष्पधीलाई पछि पादै छायाँनाथ रारा नगरपालिका वडा नं १ की निरुता मल्लले हात पारेकी हुन ।
राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुको आयोजनामा र छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा बैशाख १ गते बाट सुरु भएको मेयर डान्स आईडल तिन चरणमा सञ्चालन भएको थियो ।
शनिबार फाईनलको चरणमा ७ जनाको प्रतिस्पर्धा भएकोमा निरुता मल्लले प्रथम, संजिता नेपालीले दोस्रो र लक्कीशा ऐडिले तेस्रो स्थान हात पारेकि छन । प्रथम स्थान सफल निरुता मल्ल लाई पुरुस्कार ३० हजार दोस्रो संजिता नेपाली लाई पुरुस्कार २० हजार र तेस्रो लक्कीशा ऐडि लाई पुरुस्कार १० हजारका साथ कप र प्रमाणप्रत्रले पनी सम्मान गरीको छ ।
राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुले विगत १ दशक देखि मुगुको लोक कला सस्कृति संरक्षणमा विभिन्न कार्यक्रम गदै आएको छ । यो नयाँ बर्षको शुभ अबसर संगै मेयर डान्स आईडल संञ्चालन गरीएको राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुका अध्यक्ष राधिका मल्लले बताईन । उनका अनुसार सस्कृतिको संरक्षण र श्रष्टाको सम्मान गरी नव प्रतिभाको प्रोत्साहन गर्ने उदेश्यले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुले मेयर डान्स आईडल सञ्चालन गरेको अध्यक्ष मल्लको भनाई छ ।
मेयर डान्स आईडलमा दोस्रो स्थान आउन सफल विपन्न तथा दलित समुदायकि संजिता नेपाली लाई १० कक्षा सम्म अध्ययन निशुल्क गराउने अध्यक्ष मल्लले बताईन । मेयर डान्स आईडलमा ६ बर्ष देखि १८ बर्ष उमेर समुहकालाई सहभागी गराईएको थियो । मेयर डान्स आईडलमा निर्णायकमा नृत्य निर्देशक सम्भव सुनार, नृत्य कलाकार सुमित्रा रावल र नृत्य कलाकार सविना भाम निर्णायक मण्डलमा रहेका थिए भने कार्यक्रम सञ्चालकमा मुख्य कार्यक्रम सञ्चालक नन्द बहादुर रोकाया र सहायक कार्यक्रम सञ्चालकमा दिपक शाहीले सहजिकर गर्नुभएको थियो ।



