२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश


सञ्चार डबली
  • शनिबार, वैशाख १३ २०८२
  • 7.5K
    SHARES

  • images
    अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश

    काठमाडौं । ब्राह्मण माथिको विवादास्पद बयानका कारण फिल्म निर्माता निर्देशक अनुराग कश्यपको समस्या थप बढेको छ । निर्देशकले माफी मागे पनि उनको पिडा कम हुने संकेत देखिदैन ।यसैबिच, सुरतको न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी) अदालतले उनीविरुद्ध नोटिस जारी गर्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ। सुरतको जेएमएफसी अदालतले अनुरागविरुद्ध नोटिस जारी गर्दै मे ७ मा अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    ब्राह्मण समुदायका तर्फबाट सूरतका वकिल कमलेश रावलको उजुरी पछि यो सूचना जारी गरिएको हो । अदालतमा उजुरी गर्ने अधिवक्ता कमलेश रावलले अनुराग कश्यपको सामाजिक सञ्जालको गरेको पोस्ट र माफी मागेको प्रमाणका रूपमा अदालतमा पेश गरेका थिए ।

    सुरतका वकिल कमलेश रावलले भने, ‘हालसालै अनुराग कश्यपले सामाजिक सञ्जालमा ब्राह्मण समुदायविरुद्ध अभद्र टिप्पणी गरेका थिए । जब आदित्य दत्त नामका एक व्यक्तिले कश्यपलाई यी सबै नभन्न आग्रह गरे, उनले उल्टै गाली गरेका थिए र झन झन विवादास्पद टिप्पणी गरिरहे। मैले यस विषयमा गुनासो गरेको छु, जसमा अनुराग कश्यपलाई मे ७ मा अदालतमा उपस्थित हुन नोटिस दिइएको छ ।’

    अनुराग कश्यप वा उनका वकिललाई अब मे ७ मा अदालतमा हाजिर हुनु पर्नेछ । यदि उनी अदालतमा उपस्थित भएनन् भने अदालतले एकतर्फी निर्णय दिन सक्छ। फिल्म निर्माता निर्देशक अनुराग कश्यपको ब्राह्मणलाई लिएर विवादास्पद बयानले थप बिबादमा परेका छन् ।


    यसैबीच, कश्यपले मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै फेरी माफी मागेका छन् । निर्देशक कश्यपले आफुले रिसमा आफ्नो सौन्दर्य बिर्सेको पनि बताएका छन् । यसबाहेक, उनले अबको कुराकानीको समयमा सही शब्दहरू प्रयोग गर्न ध्यान दिने प्रतिबद्तासमेत जनाइसकेका छन् । तर अहिले उनको माफीले पनि काम गरिरहेको छैन । अनुरागले माफी माग्नुका साथै अब यस्तो गल्ती कहिल्यै नगर्ने बताइसकेका छन ।


    यो विवाद गत शुक्रबार सुरु भएको थियो, जब अनुराग कश्यपले इन्स्टाग्राममा एक प्रयोगकर्तालाई जवाफ दिँदै ब्राह्मणहरूको बारेमा धेरै लाजमर्दो कुरा लेखेका थिए, जसले सोशल मिडियामा ठूलो हंगामा मच्चाएको थियो र मानिसहरूले उनको कडा आलोचना गरिरहेका छन् ।

    उनी नेपाली फिल्म ‘राजागञ्ज’ का सह निर्माता पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आँप झरयो’ भन्ने अभिब्यक्ति राखेर बिबादमा परेको सो फिल्म नेपालमा भने फ्लप भएको थियो । बिकास वोर्डले सो सिनमा कट गरे पछि ‘अभिब्यक्ति स्वतन्त्रता हनन’ भन्दै नेपालमा बहससमेत भएको थियो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend