२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी


सञ्चार डबली
  • बिहीबार , वैशाख ११ २०८२
  • 6.6K
    SHARES

  • images
    दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी

    काठमाडौं । दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्सनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्सनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ।

    ‘च्वाइस’ ले एकै कार्ट र एकै वेयरहाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ ।

    साथै, ४ वा सोभन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन्। त्यसै गरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

    दराजको पे डे सेल (अप्रिल २५ देखि २९ सम्म) सँगै सुरु गरिने ‘च्वाइस’ मा ग्राहकहरूले ग्रोसरी, हाउस होल्ड, पर्सनल केयर, मदर एण्ड बेबी, तथा हेल्थ एण्ड ब्यूटी लगायतका विविध कोटामा युनिलिवर, प्रोक्टर एण्ड ग्याम्बल, ब्रिटान्निया, डाबर, गोद्रेज, पिल्ग्रिम, बेर एनाटमी लगायत पृथक तथा ट्रस्टेड ब्रान्डहरू मध्यबाट छानिएका उत्पादनहरू खरिद गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend