२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

केएनपी कारखानाको जापानी राजदूत द्वारा अवलोकन


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 6.3K
    SHARES

  • images
    केएनपी कारखानाको जापानी राजदूत द्वारा अवलोकन

    शुक्रबार, २९ चैत्र २०८१

    नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूज्यूले आफ्नो हालैको बीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गर्नु भयो। उहाँलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबंधक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरु द्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।

    राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रीय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

    राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गर्नु भयो। उहांले हाल नेपालमा संचालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने बताउनु भयो। यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend